रामेछापको पूर्वाधार कार्यालय बागमती प्रदेशकै उत्कृष्ट



२१ साउन, रामेछाप ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रामेछाप जिल्लामा रहेको पूर्वाधार कार्यालय बागमती प्रदेशभित्र सबै भन्दा बढी बजेट खर्च गरेको छ । कोरोनाको कारण विकास बजेट खर्च हुन नसकिरहेको भनिरहेको बेला पूर्वाधार कार्यालयले ८१ प्रतिशत बजेट खर्च गरेको हो ।
पूर्वाधार कार्यालयले रामेछाप जिल्लाभित्र १५२.७०० किलोमिटर कच्चि सडकको सुधार, १४.५४९ किलोमिटर सडक ग्राभलिङ, ३.३१० किलोमिटर सडकको कालोपत्रे र २.५५३ किलोमिटर सडकको सतह ढलान गर्ने काम गत आर्थिक बर्ष २०७६÷०७७ मा सम्पन्न गरेको छ ।

पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिम्लिसेना लकडाउनको बीचमै पनि निर्माण व्यवसायीहरु परेको अपठ्यारो सहज बनाउन समन्वय गर्ने काम गरेकै कारण बजेट खर्च गर्न सकिएको बताउनुभयो । ‘आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाको सडक निर्माण गर्न प्रदेश सरकारबाट १ अर्ब १६ करोड बजेट प्राप्त भएको थियो’, तिम्लिसेनाले रामेछाप न्युजसँग भन्नुभयो,‘ गत बर्ष हामीले ८१ प्रतिशत बजेट खर्च गर्न सफल भयौ ।’

प्रतिक्रिया दिनुहोस्