रामेछापमा प्रदेश सरकारको पुँजीगत खर्चः ७५.८४ प्रतिशत



२१ साउन, रामेछाप ।
रामेछाप जिल्लामा बागमती प्रदेश सरकारबाट २०७६÷०७७ मा विनियोजित बजेटको ७५.८४ प्रतिशत पुँजीगत खर्च भएको छ । प्रदेश सरकारबाट जिल्लामा गत बर्ष कुल ७ अर्ब भन्दा बढी बजेट विनियोजन भएको थियो । जस अनुसार १ अर्ब ४१ करोड रुपैयाँ अर्थात ७५.८४ प्रतिशत बजेट खर्च भएको हो । त्यसैगरी चाुल तर्फ ६६.७० प्रतिशत बजेट खर्च भएको छ । प्रदेश अन्तर्गत १४ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापका प्रमुख उमाकान्त आचार्यले संघीय सरकारको तुलनामा बागमती प्रदेश सरकारको बजेट खर्च राम्रो रहेको बताउनुभयो । उहाँले लकडाउनको प्रभावको बीच पनि प्रदेश सरकारले बजेट खर्च गर्नु सकारात्मक रहेको उल्लेख गर्दै यस बर्ष पनि राम्रो बजेट खर्च हुने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘लकडाउनको कारण लक्ष्य अनुसारको बजेट खर्च हुन सकेन, यस आर्थिक बर्ष भर्खर सुरु भएको छ, अधिकतम स्रोत र साधनको परिचालन गरेर पुँजीगत खर्च बढाउनुको विकल्प छैन् ।’

प्रतिक्रिया दिनुहोस्