रामेछापमा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गरेर थुन्न थाल्यो



२२ साउन, काठमाडौं ।
कोरोना संक्रमणको जोखिम उच्च रहेको बेला रामेछाप जिल्लामा मास्क नलगाई हिडने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर थुन्न थालेको छ ।

मास्क नलगाई बजारमा हिडडुल गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै जनचेतामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । तर प्रहरीको आग्रहलाई चुनौती दिदै मास्क नलगाई हिडने क्रम बढेपछि प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले मास्क लगाउन बारम्बार आग्रह गर्दा पनि अटेर गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका एक जना छुटेका छन भने अर्का व्यक्ति थुनामा रहेका छन् ।

प्रमुख पाठकले भन्नुभयो,‘मास्क नलगाई हिडने ३ सय ३७ जनालाई कारवाही गरिसकेका छौ, मास्क नलगाई हिडनेलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्छ ।’

प्रतिक्रिया दिनुहोस्