रामेछापका पूर्व सभासद श्रेष्ठ अस्पताल भर्ना



२२ साउन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं संविधानसभाका पूर्व सभासद तारानारायण श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । हातको शल्यक्रिया गर्नको लागि उहाँ अस्पताल भर्ना हुनुभएको छ । केही दिन अघि आँपको रुखबाट खसेको ढुंगाले पूर्वसभासद श्रेष्ठको दाहिने हातको हत्केलामा चोट लागेको थियो ।

चिकित्सले अप्रेसन गर्नुपर्ने बताएपछि हातको शल्यक्रिया हुन लागेको रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले श्रेष्ठको काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालमा हातको शल्यक्रिया सुरु भएको छ ।

सांसद श्रेष्ठले उपचारत पूर्वसभासद श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभयो । अस्पतालमा रहनुभएका उद्धब खातीले श्रेष्ठको शल्यक्रिया सुरु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्