भोलिदेखि पुनः जोर विजोर प्रणाली लागू, हिँडडुलमा समेत कडाई



२२ साउन, काठमाडौं ।
काठमार्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बृद्धि भएपछि सरकारले पुनः जोर विजोर प्रणाली लागू गरेको छ । सरकारले काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू गरेको हो ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । त्यसैगरी सरकारले सरकारले भोलिदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्