पूर्ण रुपमा लकडाउन नगर्ने सरकारको निर्णय



२२ साउन, काठमाडौं ।
कोरोना भाइरसका संक्रमितको संख्या दिनहुँ बढेपनि सरकारले तत्काल पूर्ण रुपमा लकडाउन नगर्ने नीति अगाडि सारेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताउनुभएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोच नबनाएको बताउनुभयो । कोरोनाको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उद्धार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआईसकेको बताउदै खतिवडाले जोखिम बढेकाले तत्काल नखोलौं भन्ने आवाज पनि आइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्