सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान ‘आउटस्ट्यान्डिङ इन्स्ट्रकटर मेडल’द्धारा सम्मानित



२३ साउन, काठमाडौं ।
रामेछाप खाँडादेवी गाउँपालिका निवासी अन्तर्राष्ट्रिय तेक्वान्दोका  रेफ्री रुपसिंह तामाङ ‘आउटस्ट्यान्डिङ इन्स्ट्रकटर मेडल’ द्धारा सम्मानित हुनुभएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो २३ औं वार्षिकोत्सवका मोक्तान सम्मानित हुनुभएको हो । उक्त अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ ।
ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाइभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहरुमा सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान युनिस गौतम,रिना धिमाल, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगर रहनुभएको छ ।


राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला ’ज्वाला’, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई, आईटीएफका अध्यक्ष अञ्जन धमलाले वर्ष २०१९ का उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान पत्रद्वारा सम्मान गर्नुभएको थियो । तेक्वान्दोमा गरिएको योगदान, लगानी र खेलको विकासमा निरन्तर लागेको भन्दै मोक्तानलाई सम्मान गरिएको हो ।

मोक्तानले विभिन्न राष्ट्रिय प्रतियोगिता, दक्षिण एशियाली प्रतियोगिता, एशियाली प्रतियोगिताको साथै विश्व प्रतियोगिता(वल्र्ड च्याम्पिनशिप) सम्म प्रतिस्पर्धा गर्नुभएको छ । ब्ल्याक बेल्ट चौथो डान÷अन्तर्राष्ट्रिय रेफ्री समेत रहनुभएका मोक्तान रामेछाप आईटिएफ तोक्वान्दो जिल्ला संघका अध्यक्ष हुनहुन्छ ।

मोक्तानकै पहलमा नेपालमै पहिलो पटक गाल्वामा तेक्वान्दो आईटिएफ एकेडेमी निर्माणको काम अगाडि बढेको छ ।
सम्मानिनत हुनुभएका मोक्तानले आगामी दिनमहा तेक्वाने खेलको विकासको लागि उर्जा प्राप्त भएको रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्