काठमाडौं उपत्यकामा आइतबारदेखि १५ दिन सट डाउन गर्ने निर्णय



२३ साउन, काठमाडाैं ।  कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि १५ दिनका लागि ुसट डाउनु हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आगामी आइतबारदेखि लागु हुनेगरी सट डाउनको निर्णय भएको बताउनुभयो ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले निर्णय गरेको हो । सट डाउन अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुनेछ । जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिनुभयो ।
बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने र स्थानीय तहलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयबाट हुने अत्यावश्यकबाहेकका सेवा बन्द रहने छन् भने आंशिक कार्यालय खोलेर अत्यावश्यक सेवाहरु दिइने निर्णय भएको हो ।ुसट डाउनुभित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइकासाथ पालना गराउने कार्यालयमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्