रामेछापमा अब बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र पसल खोल्न दिने निर्णय



तस्बीर सौजन्यः सोनु रोक्का क्षेत्री

२३ साउन, रामेछाप ।
कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले यसअघि गरेको निर्णय परिमार्जन गर्दै जिल्लाभित्र बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र पसल खोल्न दिने निर्णय गरेको छ । जिल्लाभित्र कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्ने मुख्य उदेश्य सहित उक्त निर्णय गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको दर बढदै गएकाले सरकारको पछिल्लो निर्णय अनुसार सुरक्षा सतर्कता अपनाउन पसल सञ्चालनको समय घटाउने निर्णय गरेको छ । चार महिनासम्म जारी लकडाउन खुला गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालयले बिहानदेखि राती १० बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले औषधी र इन्धन बाहेक सबै पसलहरु बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
बैठकले स्वास्थ्य मन्त्रालयद्धारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्धार जारी सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्न सबै सरकारी, गैरसरकारी संघ संस्था, बैंक वित्तीय संस्था उद्योगी व्यपारीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्