रामेछापको ६४ वटै वडामा सामुदायिक भवन निर्माण गर्नुपर्छः प्रजिअ शर्मा



२४ साउन, रामेछाप ।
प्राकृतिक विपत्ती कहाँ र कति बेला जान्छ भन्न सकिन्छ । तर सम्भावित प्राकृतिबाट आउन सक्ने अवस्थाको पूर्व तयारी भने गर्न सकिन्छ । हरेक बर्ष बर्षाको समयमा पहाडी क्षेत्रमा बाढी पहिरो जनधनको क्षति हुन गरेको छ । स्थानीय सरकार गठन भएपछि मात्र रामेछाप जिल्लामा २७ सय ग्रामिण सडक निर्माण भएको छ । निर्माण गरिएका ९५ प्रतिशत सडकले जोखिम पनि निम्त्यिाएको छ ।

सडक निर्माण भएपनि स्थानीय सरकारले सडकको व्यवस्थापनमा ध्यान पुर्याउन सकेका छैनन् । स्थानीय तहको ठूलो बजेट बर्षेनी सडकको स्तरउन्नतीको नाममा खर्च हुँदै आएको छ ।
कोरोना संक्रमितलाई राख्ने ठाउँहरुको अभाव पनि रामेछापमा देखिएको छ । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार कम रहेको छ । विद्यालयलाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिन विद्यालय र स्थानीयले असहयोग गरिरहेको अवस्थामा जिल्लाभित्र सामुदायिक भवन निर्माणको महत्व बढदै गएको छ ।
रामेछपमा जिल्ला प्रशासन कार्यालयको आग्रहमा स्थानीय सरकारले देखाएको तत्र्पताको कारण कोरोना संक्रमण धेरै फैलिन पाएको छ । भारत लगायत विदेशबाट रामेछाप आउने हरेक व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिकै कारण जिल्लामा २७ जनामा मात्र अहिलेसम्म संक्रमण देखिएको छ । सबैको सचेतनाको कारण समुदायस्तरमा कोरोना फैलिन पाएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले समुदायमा कोरोना फैलिन नदिने जिल्लाभित्र पसल सञ्चालन गर्नेदेखि भिडभाड हुने कुनै पनि कार्यक्रम रोक्न नीति अगाडि सारेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाभित्र अहिलेसम्मको परिस्थितिलाई समिक्षा गर्दा सबै वडामा सामुदायिक भवन आवश्यक रहेको बताउनुभयो ।
‘रामेछापको ८ वटा स्थानीय तहको ६४ वटै वडामा सामुदायिक भवन निर्माण गर्न आवश्यक छ’,उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सामुदायिक भवनको आवश्यकता निकै देखियो, कोरोनाको लागि मात्र होइन, कुनै पनि प्राकृतिक विपद्पछिको अवस्थामा पनि सामुदायिक भवनकै खाँचो छ ।’
प्रजिअ शर्माले स्थानीय तहले तत्काल योजना बनाएर भवन निर्माणको काम अगाडि बढाउन आग्रह गरेको बताउदै सामुदायिक भवन बहुउपयोगी रहेको बताउनुभयो । तर रामेछापका स्थानीय तहहरुले भने सामुदायिक भवन निर्माणको अवधारणा अगाडि सारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्