पार्टी विभाजन नगर्न नेतृत्वलाई सांसद श्रेष्ठसहित ६१ सांसदको अपिल (नामावलीसहित)



२५ साउन, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र शीर्ष नेतृत्वबीच चरम विवाद हुन थालेपछि पार्टीका ६१ जना सांसदले आफूहरू कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् । ६१ जना सांसदहरुले हस्ताक्षर गर्दै कुनै पनि हालतमा पार्टी विभाजन नगर्न नेतृत्वलाई खबरदारी समेत गरेका हुन् ।

आज नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएर उनीहरूले एकै स्वरमा आफूहरू गुटको पछि नलाग्ने घोषणा गरेका छन् । पार्टीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच शक्ति संघर्ष चर्किरहेका बेला सांसदहरूले गुटबन्दी अन्त्य गर्न नेताहरूलाई आग्रहसमेत गरेका छन् । नेताहरूबीचको टकरावले पार्टी गम्भीर संकटमा फस्दै गएको भन्दै उनीहरूले तत्काल पार्टीभित्रका अन्तरविरोध र संघर्षको अन्त्य गर्न आग्रह गरेका छन् ।

पार्टी एकता बचाउन दबाब दिने उदेश्य सहित आफूहरु कुनै पनि गुटमा नलाग्ने भन्दै सांसदहरु श्यामकुमार श्रेष्ठ, विशाल भट्टराई, कृष्ण दाहाल,सुरेश कुमार राई, रामकुमारी झाँक्रीलगायतका सांसद उपस्थितमा पत्रकार सम्मेलन गरिएको हो । ६१ जना सांसदले हस्ताक्षरसहित पार्टीलाई विग्रहको बाटोमा जानबाट रोक्न मुख्य नेतृत्वलाई अपिल गरेका हुन् ।

यस्ताे छ हस्ताक्षर गर्नेहरूकाे नामावली सूचीसहित


प्रतिक्रिया दिनुहोस्