रामेछापमा सञ्चालित विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन



२५ साउन, रामेछाप ।
कोरोना भाइरसलाई नै चुनौती दिदै रामेछापका विद्यालयहरु धमाधम सञ्चालन हुने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल विद्यालय सञ्चालन गरेर पठनपाठन नगराउन निर्देशन दिएको छ ।
लकडानको समयमा पनि विद्यालय सञ्चालन गरेर पठनपाठन सञ्चालन गरेको भन्दै कोभिड–१९ संकट यवस्थापन केन्द्र छाउनमा उजुरी परेको छ । केन्द्रले शिक्षण संस्थाहरु खुला गर्ने निर्णय नभई सकेकोको र कोरोनाको जोखिम कायमै रहेकाले अर्को निर्णय नहुँदासम्म पठन पाठन नगर्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत भास्कर दाहालद्धारा जारी सूचनामा जोखिम कायमै रहेकाले विद्यालय सञ्चालन नगर्न आग्रह गर्नुभएको छ ।
रामेछापको मन्थली उच्च मावि,शहीदस्मृति बहुमुखी क्याम्पस,तामाकोसी बोडिङ स्कुल, कर्कदादेवी बोर्डिङ स्कुल, समता बोर्डिङ स्कुल सञ्चालन भएका थिए । सामाजिक दुरीको ख्याल नपुर्याई सञ्चालन गर्ने विद्यालयलाई आवश्यक कारवाही समेत केन्द्रले जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको छ ।
संकट व्यवस्थापन सञ्चालन केन्द्रका सह सचिव वासुदेव दाहालद्धारा पत्रमा भनिएको छ, सञ्चालनमा आएका भनिएका शैक्षिक संस्था सञ्चालनमा आए नआएको एकिन गरी आवश्यक कारवाही गरी केन्द्रलाई जानकारी गराउनु ।

रामेछापका केही विद्यालयहरुले स्थानीय तहको अनुमति विना नै आफूखुसी विद्यालय सञ्चालनमा ल्याएका छन् । सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले गाउँपालिकाभित्रका रहेका शैक्षिक संस्था सञ्चालन गर्न दिने कुनै पनि निर्णय नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना संक्रमण फैलिन नदिन गाउँपालिका सचेत छ, यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्न दिने सकिने अवस्था छैन् ।’

 

प्रतिक्रिया दिनुहोस्