कांग्रेस केन्द्रीय स्थानीय तह समन्वय विभागको सदस्यमा रामेछापका खड्का मनोनित



२६ साउन, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका नेता भुवन खड्का कांग्रेस केन्द्रीय स्थानीय तह समन्वय विभागको सदस्यमा मनोनित हनुुभएको छ । उहाँलाई पार्टीले रामेछापको स्थानीय तहको समन्वय गर्ने जिम्मेवारी दिएको हो ।

रामेछाप सुनापती गाउँपालिका–५ खनियापानी निवासी खडका कांग्रेस तरुण दलका पूर्व केन्द्रीय सदस्य एवं रामेछाप कांग्रेसका अध्यक्ष भइसक्नुभएको थियो ।

त्यसैगरि यातायात व्यवसायी समन्वय विभागमा रामेछापबाट रामकृष्ण ढुंगेललाई मनोनित गरिएको छ । साथै तराई -मधेस समन्वय बिभाग केन्द्रिय सदस्यमा नारायण कार्की मनोनयन  हुनुभएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्