थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको २३ हजार नाघ्याे



२६ साउन, काठमाडौ । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्