जलविद्युत आयोजनाको गाडी रोक्ने खडकाको उर्दी, सवारी नरोक्न जिप्रकाको पत्र



२७ साउन, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकाले तल्लो लिखु र लिखु–४ जलविद्युत आयोजनामा निर्माण सामाग्री ढुवानी गर्ने मालवहाक सवारी साधनलाई रोक लगाउने पत्र जारी गर्नुभएको छ । हलेदे–धोवी–ढाँडे–शिरिसे सडकको अवस्था जिर्ण बनेकाले जलविद्युत आयोजनाका ठूला मालवहाक सवारी साधन रोक लगाउने पत्र जारी गरेपनि जिल्ला प्रशासन कार्यालय रामेछापले भने मालवहाक सवारी नरोक्न गाउँपालिकालाई पत्र पठाएको छ । अध्यक्ष खड्काले दुवै आयोजना, जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय रामेछाप र ईलाका प्रहरी कार्यालय धोवीलाई बोधार्थ पठाएको थियो ।

खडकाद्धारा जारी पत्रमा भनिएको छ,सडक मार्ग मर्मत सम्भार तथा स्तरोन्नती मार्फत पहिलेकै अवस्थामा यथाशीघ्र सुचारु गर्न गराउन नागदह बजार र धोवीबजार नाकामै ढांट राखी लिखु हाइड्रोपावरका दुवानी लगायतका सम्पूर्ण सवारी साधन आवागमनमा रोक लगाइएको (निषेध गरिएको) व्यहोरा जानकारीका लागि अनुरोध छ ।

गाउँपालिकाको पत्र प्राप्त हुना साथ जिल्ला प्रशासन कार्यालय रामेछापले राष्ट्रिय गौरवको आयोजनाहरु समयमा नै सम्पन्न गर्न स्थानीय तहबाट सहजिकरण गर्न आवश्यक भएको उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिृकत भास्कर दाहालद्धारा जारी पत्रमा भनिएको छ,‘समस्या समाधान गर्न गाउँपालिकाबाट आवश्यक छलफल र पहल हुनुपर्नेमा सवारी आवागमनमा नै रोक लगाउनु समस्याको समाधान होइन ।’

कोरोनाको कारण उत्पन्न विषम परिस्थितका बाबबजुत विकास निर्माणका कार्यहरुले गति लिन नसकि रहेको बेला यस्तो बेला सबैको तर्फबाट आवश्यक सहयोग र सहजकिरण हुनुपर्नेमा ध्यान दिदै गाउँपालिकाबाट भएको उक्त कार्य तत्काल स्थगन गरी समस्याको समाधान खोज्न जिप्रका रामेछापले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्