कोरोनाबाट प्राधिकरणका कर्मचारीको निधन भएपछि कुलमान घिसिङद्धारा दुःख व्यक्त



२९ साउन, काठमाडौं ।
कोरोना संक्रमणको कारण नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको निधन भएकोप्रति नेपाल विद्युत प्राधिकरणका कर्यकारी निर्देशक कुलमान घिसिङले दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले नेपाल विद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रमा कार्यरत ईसी सिताराम दाहालकाे कार्य क्षेत्रमा खटिने क्रममा कोरोना संक्रमण भई कोरोनाको कारण निधन भएको खबरले दुखित बनाएको बताउनुभएको छ ।

घिसिङले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । ‘कर्मचारीहरुलाई सचेत र सतर्कताका साथ सुरक्षाका सम्पुर्ण उपायहरु अवलम्वन गरि उच्च मनोवलका साथ कार्य क्षेत्रमा खट्न पनि घिसिङले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्