जिल्ला अस्पताल रामेछापमा थप तीन सुविधा सञ्चालनमा



२९ साउन, रामेछाप ।
जिल्ला अस्पताल रामेछापममा थप तीन वटा सुविधा सञ्चालनमा आएको छ । जिल्लावासीलाई थप सेवा सुविधा दिने मुख्य उदेश्यको साथ अस्पताल तीन वटा थप सुविधा सञ्चालनमा ल्याएको हो । अस्पतालले डिजिटल एक्सरे सेवा, दाँत सम्बन्धि एक्सेर सेवा विस्तार गरेको छ । यसअघि एक्सरे सेवा सञ्चालनमा भएपनि डिजिटल एक्सरे सेवा सञ्चालनमा थिएन । त्यसैगरी अस्पताले प्रयोगशालको समेत क्षमता विस्तार गरेको छ ।
थाइरोइट फङसन टेस्ट, टी.थ्री. टी फोर,टी एस एच, भिडामिन ‘डी’, भिटामिन ‘बी’ १२ मुटु तथा कलेजोको रोग सम्बन्धी रगत जम्ने तथ्व सम्बन्धि जाँच, रगतमा ग्लुकोजको तीन महिनाको अवस्थाको बारेमा अब अस्पतालबाटै परीक्षण हुने भएको छ । त्यसैगरी अस्पताले मुख तथा दन्त सेवाको विस्तार गरेको छ । जिल्ला अस्पतालबाटै अब दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्यचिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धि सामाान्य शल्य चिकित्साक सेवा दिने र दाँत सम्बन्धि एक्सरे सेवा सञ्चालनमा ल्याएको छ ।
जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले अस्पतालको क्षमता वृद्धिमा लागि लागि परेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुयभयो,‘१५ वेडको स्वीकृत अस्पताललाई बागमती प्रदेश सरकारले २५ बेटको बनाउने घोषणा गरेको छ, यो खुसीको विषय हो ।’

अस्पतालको भौतिक पूर्वाधार निर्माणको काम भइरहेको बताउदै स्रोत र साधनले सम्पन्न बनाउने काममा लागि रहेको उहाँले बताउनुभयो । अध्यक्ष पाख्रिनका अनुसार हाल अस्पतालमा ६ जना डाक्टरहरुले स्वास्थ्य सेवा दिइरहनुभएको छ । सामान्य शल्यक्रियासम्मको सुविधा दिने गरी सेवा विस्तारको काम भइरहेको बताउदै उहााँले सकेसम्म जिल्ला अस्पतालबाटै जिल्लावासीले सेवा लिउनु भन्ने आफूहरुको उदेश्य भएको बताउनुभयो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले दुई अघि अस्पतालले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मृगौलाको डायलासिस सेवा पनि अस्पतालबाटै केही महिनाभित्र सुरु गर्न आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।
। अस्पतालको भौतिक पूर्वाधार निर्माण र स्रोत साधनले सम्पन्न बनाउने अभियानमा जुटेको अस्पतालले हाल कोरोना संक्रमितहरुलाई आइसोलेसनमा राखेर रातदिन काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्