थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा मृत्यु हुनेको सख्या ९१ पुग्यो



२९ साउन, काठमाडौं ।
आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थप १०९ जना संक्रमित डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८३७ पुगेको छ । कोरोना संक्रमणको कारण नेपालमा हालसम्म ९१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्