रामेछापको मन्थली नगरपालिकाका कर्मचारीलाई पनि कोरोना भएको पुष्टि



२९ साउन, रामेछाप ।
मन्थली नगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कार्यरत एक कर्मचारीमा आज कोरोना संक्रमण भएको पुष्टि भएको हो । नगरपालिकाका एक कर्मचारीसँगै मन्थली नगरपालिका वडा नम्बर ५ घर भइ हाल विदेशबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका अर्का व्यक्तिमा पनि संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापले बताएको छ ।

मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाको स्वास्थ्य शाखामा सिल गरिएको बताउनुभयो । उहाँका अनुसार कन्ट्र्याक टे«सिङ गर्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्