कोरोना बढदै गएपछि रामेछाप जिल्लाभित्र पैदल आवत जावतमा समेत रोक लगाउने निर्णय



२९ साउन, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले हिडडुलमा समेत रोक लगाउने निर्णय गरेको छ । रामेछापका प्मुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले आवतजावतमा समेत कडाई गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाटा, नवलपुरघाट, खिम्ती धारापानी साँघुटारबाट जिल्ला प्रवेश गर्न बुलुका ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल आवतजावतलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

पैदल तोकिएका प्रवेश विन्दु र सुरक्षा जाँच गर्ने स्थानहरुमा मापदण्ड पालना भए नभएको जाँच गर्ने र पालना नभएको अवस्थामा तकाल कारवाही गर्ने निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । आज मन्थली नगरपालिकाका एक कर्मचारी सहित अर्का एक व्यक्ति गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्