रामेछापको मन्थली नगरपालिकाे कार्यालय सिल



२९ साउन, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिकाका एक कर्मचारी सहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिकाे कार्यालय सिल गर्ने निर्णय गरेको छ । अर्का सूचना नआएसम्मका लागि मन्थली नगरपालिकाे कार्यालयलाई सिल गरिएको जिप्रका रामेछापले बताएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी सूचनामा भनिएको छ, कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउनु हुने सम्पूर्ण व्यक्तिहरुको पहिचान गर्ने कार्य शीघ्र रुपमा भइरहेको छ, मन्थली नगरपालिकाबाट १४ दिनमा सेवा लिनु हुने सम्पूर्ण सेवाग्राहीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखाको कर्मचारीहरुसँग सम्पर्क गर्न आग्रह गरेका छ ।

प्रतिक्रिया दिनुहोस्