रामेछापकै अग्लो राष्ट्रिय झण्डा बिटार पार्कमा फहराइयो



२९ साउन, रामेछाप ।
रामेछाप जिल्लाको बिटार पार्कमा जिल्लाकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । रामेछाप जिल्लाको पहिचान दिने गरी रामेछापका सहयोगी मनहरु (रासम)ले लकडानको अवधिमा तयार रहेको विटार पार्कमा अग्लो झण्डा फहराइएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जिल्लाकै अग्लो राष्ट्रिय झण्डाको झन्डोत्तोलन गरेर उदघाटन गर्नुभयो ।

नेपालको ऐतिहासिक पक्षको झझल्को दिने गरी रासमको पहलमा लिम्पियाधुरा लिपुलेक र कालापानी समावेश गरेर हालै सरकारले जारी गरेको पहिलो नक्सा ढुंगामा कुदेर पार्कमा स्थापना गरिएको छ । विटार पार्क संरक्षण समितिका अध्यक्ष सुनिल रायमाझीले पार्कमा राखिएको राष्ट्रिय झण्डा जिल्लाकै अग्लो र ठूलो भएको बताउनुभयो ।

यसअघि जिल्लाको देवकोटा चोकमा जिल्लाकै ठूलो राष्ट्रिय झण्डा फहराइएको थियो । राष्ट्रियकताको भावना थप जागृत गर्नको लागि पार्कमा झण्डा राखिएको रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डाको उचाई ३० फिट अग्लो रहेको छ । ऐतिहासिक झल्को दिने सामाग्रीहरु राखिएको पार्कमा राष्ट्रिय झण्डा फहराइएपछि थप आर्कषक भएको छ ।

प्रतिक्रिया दिनुहोस्