कुलमान घिसिङको पिसिआर रिपोर्ट नेगेटिभ



३० साउन, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । काठमार्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढदै गएपछि घिसिङले पनि पिसिआर परीक्षणको लागि स्वाब संकलन गराउनुभएको थियो ।

उहाँसँगै नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी, सचिवालयका व्यक्तिहरु सहित १२ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कार्यकारी निर्देशक घिसिङले पिसिआर रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘कार्यालयमा अत्यावश्यक बाहेकका व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम स्थगित गरेको छु, यतिबेला सतर्कताको निकै खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्