सभामुख सापकोटाद्धारा सिन्धुपाल्चोकको पहिरोस्थल अवलोकन (फोटोफिचर)



३० साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका पुगेर घटनास्थलको अवलोकन गर्नुभएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुपाल्चोक पुग्नु भएका सापकोटाले पहिरो गएको क्षेत्रमा निरीक्षण गर्नुभएको हो । घटनास्थलमा नेपाली सेनाको सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित गरिएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले २२ घर पुरिएको बताइएको छ । कति बेपत्ता छन् भन्ने यकिन भइनसकेको छैन् ।

तस्बीरः श्रीधर न्यौपाने सभामुखका प्रेस सल्लाहकारबाट

प्रतिक्रिया दिनुहोस्