ओली–प्रचण्ड सहमतिः ६ सदस्यीय कार्यदल गठन



३० साउन, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको जारी विवाद समाधान गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको छ । विवाद समाधान गर्न दुई अध्यक्षबीच ६ कार्यदल गठन गर्ने सहमति भएका हाे।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा अध्यक्षद्धय ओली र प्रचण्ड कार्यदल गठन गर्ने सहमत हुनुभएको छ । कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहनुभएको छ ।

कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ । डेढ महिनादेखि जारी नेकपाको विवाद अब समाधानतर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस्