पास नलिई आउने सवारी साधनलाई रामेछाप जिल्ला प्रवेशमा रोक



३१ साउन, रामेछाप ।
कोरोना संक्रमितको संख्या बढदै गएपछि रामेछाप जिल्लामा शुक्रवारबाट अघोषित लकडाउन भएको छ । जिल्लाभित्र निजी र सार्वजनिक कुनै पनि सवारी साधन सञ्चालन भएका छैनन् भने सरकारी कार्यालयहरुमा पनि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द भएका छन् ।

कोरोना संक्र मण समुदायस्तरमा फैलिन नदिनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले पसल सञ्चालनको समय छोटयाएकोको साथै अनावश्यक हिडडुल नगर्न र भिडभाड हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन जिल्लावासीलाई आग्रह गरेको छ ।

गृहमन्त्रालयले जिल्ला प्रशासनबाट पास जारी नहुने निर्णय गरेसँगै रामेछाप जिप्रकाबाट पनि सवारी सञ्चालनको पास जारी गर्ने काम रोकिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले अन्य जिल्लाबाट सवारी पास नलिई आएका सवारी साधनलाई सीमा नाकामै रोक्ने निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले ढुवानीका सवारी साधन र एम्बुलेन्स बाहेक अन्य कुनै पनि सवारी साधन जिल्ला नभित्रिएको रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्