भदौ १२ गतेसम्म सेवा बन्द गर्ने खाँडादेवी गाउँपालिकाको निर्णय



३१ साउन, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा आगामी भदौ १२ गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो ।

पछिल्लो समयमा कार्यालयमा सेवाग्राहीको भिडभाड अत्याधिक बढेको र कार्यालयबाट कोरोना संक्रमण समुदायमा फैलिन सक्ने उच्च जोखिमको कारण स्थानीय प्रशासनले समेत निषेधआज्ञा जारी गरको सन्दर्भमा गाउँपालिकाले पनि सेवा बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष तामाङले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले नागरिकहरुलाई भिडभाड नगर्न कुनै पनि पर्व नमनाउन, अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्