हालसम्म रामेछापका ५० जनामा कोरोना संक्रमण पुष्टि



३१ साउन, रामेछाप ।
रामेछाप जिल्लामा हालसम्म ५० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । रामेछाप जिल्लाबाट स्वाब संकलन गरेर परीक्षण गरेका ३३ जना र रामेछाप घर भइ विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका जितेन्द्र कर्णले रामेछाप स्थायी घर भएका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा कोराना पुष्टि हुने मध्ये २४ जना निको भएर घर फर्किएका छन भने नौ जनाको आइसोलेनमा उपचार भइरहेको छ । रामेछाप जिल्लामा हालसम्म ८ सय ५५ जनाको स्वाब संकलन गरिएकोमा ७ सय २० जनाको रिपोर्ट नगेटिभ आएको छ ।

जिल्लाको आठ वटा स्थानीय तहमा गरेर हाल ५९ जना क्वारेन्टिनमा रहेको कर्णले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार १ सय २ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्