थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार नाघ्यो



३१ साउन, काठमाडौं ।
पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्