मन्थली बजार सुनसान बनेको छः नगरप्रमुख वस्नेत



३१ साउन, रामेछाप ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले कोरोना संक्रमण फैलिन नदिन नागरिकहरु सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले नागरिकहरुले सतर्कता अपनाएर सहयोग गरेको अवस्थामा कोरोना संक्रमण समुदायमा फैलिन नपाउने बताउनुभएको हो । नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यलय सिल गरिएको बताउदै उहाँले आतङकित नबनि सतर्कता अपनाउनु नगरवासीलाई आग्रह गर्नुभयो ।


वस्तेतले रामेछाप न्युजसँग भन्नुभयो,‘कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परीक्षण गछौ, थप सुरक्षा सतर्कता अनपनाउछौ ।’ नागरिकहरुमा सचेतना बढेको बताउदै उहाँले विगतमा अटेर गर्ने नागरिकहरु यस पटक भने संयमित र सचेत बनेको बताउनुभयो । अहिले मन्थली बजार सुनसान देखिएको छ, अत्यावश्यक काम बाहेक कोही पनि घरबाट बाहिर निस्किनु भएको छैन,बस्नेतले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्