आज १७ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस,पीडित परिवारले अझै न्याय पाएनन



३२ साउन, रामेछाप ।
रामेछापको दोरम्बा हत्याकाण्ड घटाएको १७ बर्ष पुरा भएको छ । तत्कालिन जनयुद्धको समयमा सरकार र माओवादीबीच दाङको हापुरेमा दोस्रो वार्ता चलिरहेको अवस्थामा दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनाको सामुहिक हत्या गरिएको थियो ।

जसको कारण दोस्रो वार्ता भंग समेत भएको थियो । दोरम्बा हत्याकाण्ड राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत परिचित रहेको छ । तत्कालिन सेनाका मेजर राममणि पोखरेलको नेतृत्वमा दोरम्बा हत्याकाण्ड घटाइएको भएपनि अहिलेसम्म पोखरमाथि कारवाही हुन सकेको छैन् । राष्ट्रिय मानव अधिकार आयोगले बारम्बार दोषीलाई कारवाही गर्न आग्रह गरेपनि अझैसम्म दोषीलाई कारवाही हुन सकेको छैन् । दाषीमाथि कारवाही गर्नुपर्ने भन्दै पीडित परिवारहरुले माग गरेपनि सुनुवाई हुन सकिरहेको छैन् ।

दोरम्बा हत्याकण्डमा तत्कालिन जिल्ला जनसरकार प्रमुख तामाङ, अम्बिका दाहाल ‘ललिका’, प्रदीप दोङ ‘रक्तिम’, उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, युवराज मोक्तान, लिला मोक्तान, चतुरमान थामी, सोमई थामी ‘संगिता’, टेकबहादुर थापामगर ‘विवेक’, विष्णु थापामगर ‘विमा’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङ र जमिन लगायतको मृत्यु भएको थियो । शहीदहरुको स्मृतिमा दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा शहीदहरुको शालिक स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्