अहिलेको परिवर्तनमा दोरम्बा घटनाको ठूलो योगदान छः मन्त्री ढुगेल



३२ साउन, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अहिलेको परिवर्तनमा दोरम्बा वलिदानीको ठूलो योगदान गरेको बताउनुभएको छ । शहीदहरुले देखाएकै बाटोबाट देश अगाडि बढिरहेको बताउदै शहीदको सपना पूरा भइरहेको बताउनुभएको हो ।
१७ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा नेकपा रामेछापका सह–इन्चार्ज समेत रहनुभएका मन्त्री ढुंगेलले प्रदेश सरकारले दोरम्बामा शहीदको शालिक स्थापना गर्न बजेटको व्यवस्था गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘दोरम्बा सहिद स्मृति पार्कको विकासको लागि आगामी दिनमा पनि प्रदेश सरकारले बजेट सहयोग गर्छ ।’ दोरम्बा हत्याकाण्डजस्ता घटना अब हुन नहुने बताउदै उहाँले दोरम्बा हत्याकाण्डमा शहादत प्राप्त गर्नुहुने बाबुराम लामा सहित २१ जना शहीदहरुले देखाएकै बाटोबाट देश अगाडि बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्