भदौ ११ गतेसम्म सेवा बन्द गर्ने लिखु तामाकोसी गाउँपालिकाको निर्णय



१ भदौ, रामेछाप ।
देशभर कोरोना संक्रमितको संख्या बढदै जान थालेपछि गाउँपालिकाभित्र संक्रमण फैलिन नदिन लिखु तामाकोसी गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना फैलिन नदिन गाउँपालिकाले आजबाट भदौ ११ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो ।


लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहालद्धारा जारी सूचनामा जिल्ला संक्रमण व्यवस्थापन केन्द्रको निर्णय अनुसार गाउँपालिको कार्यालय र सम्पूर्ण वडा कार्यालयहरुबाट प्रवाह गरिने अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्य र विपद् बाहेको सम्पूर्ण सेवाहरु आजदेखि भदौ ११ गतेसम्म बन्द गर्ने निर्णय भएको बताउदै उपाध्यक्ष दाहालले यसबाट गाउँपालिकावासी सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्