उमाकुण्ड गाउँपालिकाद्धारा भदौ ११ गतेसम्म सेवा बन्द गर्ने निर्णय



१ भदौ, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाले कोरोना संक्रमणको समुदायमा फैलिन नदिन आजबाट यही भदौ ११ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको कार्यालय र वडा कार्यालयकाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा भदौ ११ गतेसम्मको लागि बन्द गरिएको हो ।
उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदीका अनुसार पछिल्ला दिनमा नेपालभर कोरोना संक्रमण बढदै गएको र समुदाय स्तरमा समेत फैलिन सक्ने परिस्थितिलाई मध्यनजर गरेर जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको निर्णयलाई कार्यान्वयन गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, आजबाट गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुका प्रवाह हुने अत्यावश्यक सेवा बाहेका अन्य सबै  किसिमका सेवा भदौ ११ गतेसम्मका लागि बन्द गरिएको जानकारी गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्