कोरोनाबाट थप ३ जनाको मृत्यु, ५८१ संक्रमित थपिए संक्रमितकाे संख्या २७ हजार नाघ्याे



१ भदौ, काठमाडौ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ
त्यसैगरी पछिल्लो २४ घण्टामा त्यसैगरी ५८१ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २७,२४१ पुगेको छ।

सोमवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि ९,६३९ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्