खाँडादेवी गाउँपालिकाको ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण



२ भदौ, रामेछाप । खाँडादेवी गाउँपालिकामा ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको छ । गाउँपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणले विद्युतीकरणको कामलाई तीब्रता दिएको हो । तीन बर्ष अघि गाउँपालिकाको वडा नम्बर ४ र ५ पकरवासमा मात्र विद्युतीकरण भएकोमा हाल भने सबै क्षेत्रमा विद्युत बलेको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले करिब ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार बाँकी ५ प्रतिशत क्षेत्रमा पनि छिट्टै  बिजुली बल्ने बताउनुभयो । ‘हामीले खाँडादेवी उज्यालो अभियान अगाडि बढाएर विद्युतीकरणको काम अगाडि बढाएका थियौ’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘तीन बर्षमा विद्युतीकरणको क्षेत्रमा राम्रो काम गर्न सकियो ।’

नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले खाँडोदवी गाउँपालिकाको अधिकाशं क्षेत्रम विद्युतीकरणको काम सम्पन्न भएको बताउनुभयो । लकडानको कारणले केही क्षेत्रमा थोरै मात्र काम बाँकी रहेको बताउदै गाउँपालिकाभित्र विगतमा गाडिएका काठको पोल हटाएर अहिले फलामको पोल राख्ने काम भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्