राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन



२ भदौ, काठमाडौं ।
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । राष्ट्र कवि घिमिरेको १०१ बर्षको उमेरमा काठमाडौंको कपुरधारास्थित निजी निवासमा निधन भएको हो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो । उहाँले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनुभएकोे थियो ।

नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन) उहााँका चर्चित लेखहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्