गोविन्द खडका पक्राउ प्रकरणः तीन घण्टा ढोका थुनेर खडकाले सिध्याइदिने धम्की दिएपछि….. (उजुरीको पूर्णपाठसहित)



३ भदौ, रामेछाप ।
विवादित गतिविधिमा संलग्न हुँदै आउनुभएका लिखु तामाकासी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले एक उपभोक्ता समितिका अध्यक्षलाई अपहरण एवं शरीर बन्द बनाएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ ।

धोवी बजार क्षेत्रको सडकको ग्राबेल गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दपर्ण घिसिङलाई बन्दक बनाएर खाली चेकमा हस्ताक्षर गर्न दबाब दिएको आरोपमा अध्यक्ष खडका अहिले प्रहरी हिरासतमा रहनुभएको छ । प्रहरीले उजुरीको आधारमा खड्कालाई अदालतबाट सात दिनको लागि म्याद थपेर अहिले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले उजुरीको आधारमा प्रहरीले खडकामाथि अनुसन्धान गरिरहेको रामेछाप न्युजलाई बताउनुभयो ।

दर्पण घिसिङले प्रहरीमा दिएको घटनाको विवरण यस्तो छः
म जाहेरवाला एक सर्वसाधारण नागरिक हुँ । आफ्नो गाउँको विकास हुने भयो । बजारभरी सडक ग्राबेल हुने भयो, नाला निर्माण हुने भयो भनि अत्यन्त खुसीको साथ स्थानीय विकास निर्माणमा सहयोग पुर्याउन भनि आम उपभोक्ता भेलामा गएकोमा उपभोक्ताहरुले धोवी बजार सडक ग्राबेल तथा नाला निर्माण योजना उपभोक्ता समिति निर्माण गरी मलाई उक्त समितिको अध्यक्ष बनाएका थिए । मिति २०७७।२।१३ गते पनि गोविन्द खडकाले कार्यकक्षमा बोलाएर समितिको अध्यक्षमा किन बसेको ?

त्यो समिति तुरुन्त छोड भन्दै ५० मिनेट जति जबरजस्तीपूर्ण व्यवहार गरी मैले भनकेो मान नत्र जे पनि गरी दिन्छु भनेका थिए । करिब १ घण्टा जति राखेर विगतमा मैले आफैले तिल्पुङको मान्छेलाई गोली हान्न लगाई खुट्टा काटी जेल हालेको घटना तलाई याद होला नि । तलाई पनि त्यस्तै गरिदिन्छु भन्दै धम्क्याएका थिए । जसको अडियो रेकर्ड मसँग सुरक्षित नै छ । मिति २०७७।४।२१ गते बेलुकी ५ बजे पालिकामा तुरुन्त आइज नत्र के गर्नुपर्छ मलाई थाहा छ भनि बोलाए । पालिकमा पुग्दा पालिका अध्यक्ष गोविन्द खडकाको साथमा लालबहादुर तामाङ र अन्य अपरिचित दुई जना व्यक्तिहरु सहित रहेछन ।

मलाई अध्यक्ष गोविन्द खडकाले भेटने वित्तिकै विभिन्न खालको त्रास देखाई मानसिक यातना दिई अन्दाजी २ घण्टा जति कोठाको चुक्कुल लगाई थुनि यो तँ अध्यक्ष भएको समितिको चेक हो खुरुक्क हस्ताक्षर गर बाँच्नु छ भने होइन भने के गर्छु हेर्दै जा, तलाई तह लगाइ दिन्छु । सधैलाई ठेगान लगाइदिन्छु भनि निज खडकाले भने , लालबहादुर तामाङले पनि सही नगरी जान पाउदैनस भने । र अन्य अपरिचित दुई जनाले पनि बढी हुने होइन, भन्दै धम्क्याए । खाली चेकमा समितिको कामै नभएको अवस्थामा कसरी सही गर्नु भनी म जाहेवाला जसोतसो चुक्कुल खोली बच्न सफल भएको छु ।

अतः कसैले कुनै व्यक्तिलाई हात हतियार देखाई वा नदेखाई मन्जुरी विना बन्धक बनाई यातना दिने वा कुनै काम गर्न वा गराउन बाँध्य बनाउने कार्य गरेमा अपहरण वा शरीर बन्धक सम्बन्धि कसुर गरेको हुने भै सजाय गर्ने भन्ने कानुनी व्यवस्था समेत रहेको छ ।

म जाहेरवालालाई यरी विभिन्न मानसिक यातना दिदै जबरजस्ती खाली चेकमा हस्ताक्षर गर्ने दबाब दिदा मैले इन्कार गरेकाले दुई घण्टाससम्म गाउँपालिकाका कार्यालयको अध्यक्षको आफ्नै कार्य कक्षभित्र बन्दक बनाएको हुँदा निज खडका र लालबहादुरबाट खुलाउन लगाई सबै अन्यायीहरुलाई मूलुकी अपराध सहिता २०७४ को परिच्छिेद १७ अपहरण वा शरीर बन्धक सम्बन्धि कसुमा कारवाही गरी क्षतिपूर्ति समेत दिलाई पाउ भनि यो दिवेदन दिएको छु ।

प्रतिक्रिया दिनुहोस्
kCToMQNxB4m22pH, 4ropzbJDtMcz4jr, Opmyw8qplhYbU, PQ0a26oTimnYFXOp, jAec, OiYt6rCk8UnJ5tl, e2BZLmTDlU1, frFnAWKRuhdjp, KMdOfYEEtYYDN9I3