मन्थलीका दुई पसललाई कारवाही, यी हुन सडेगलेको बस्तु बेच्ने १४ पसलहरु (सूचीसहित)



४ भदौ, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा अखाद्य वस्तु विक्री वितरण हुने गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारका दुई पसललाई अनुगमनै क्रममा कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा अनमिका स्र्टार्स मन्थलीले म्याद नाघेको सडेगलेको तथा लेवल नखुलेको विभिन्न खाद्यान्न विक्रि गरिरहेको पाइएकाले उक्त स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यसैगरी गणेश टायर सेन्टरले अनुगमन टोलीलाई खरिद तथा विक्री बिल बिजक माग गर्दा उपलब्ध नगराएपछि उक्त टायर सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय रामेछापका अधिकृत रामप्रसाद भट्टराईले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र र उपभोक्ता हित संरक्षण मञ्चले गरेको संयुक्त बजार अनुगमनको क्रममा बजारका खाद्य, किनारा पसल, तरकारी तथा फुलफुल होटल तथा हार्डवेयर पसहरुमा अनुगमन गरेको थियो ।
अनुगमन टोलीले १७ वटा किनारा/खाद्यन्न तथा सप्लार्य १ वटा बेकरी, १ वटा डेरी, दुई वटा हार्डवेयर, ४ वटा होटल र १ वटा तरकारी तथा फलफुल पसलमा अनुगमनमा गरेको थियो ।
२६ वटा पसलमा गरिएको अनुगमन गरेका मध्ये १४ वटा पसलहरुमा म्याद नाघेको तथा विना इजजात विक्रीका लागि राखिएको सामाग्रीहरु फेला परेकाले उक्त सामाग्रीहरु अनुगमन टोलीले जफद गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
यी हुन म्याद नाघेको सडेगलेको सामान बेच्ने पसलहरु (सूचीसहित)

प्रस्तुत विषयमा मूल्यवृद्धि, कालोबजारी नियन्त्रण तथा उपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर पार्ने वस्तुहरूको बिक्री वितरणमा नियन्त्रण गर्ने तथा विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड पालना भए/नभएको विषयमा अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय, रामेछापको नेतृत्व र घरेलु तथा साना उद्योग कार्यालय, रामेछापको समन्वयमा संयुक्त रूपमा मिति २०७७/0५/०3 गते मन्थली नगरपालिका वडा नं. 1 स्थित मन्थली बजारका खाद्य/किराना, तरकारी/फलफुल, होटल तथा हार्डवेयर पसलहरूको अनुगमन गर्दा उल्लेखित बमोजिमको विवरण रहेको व्यहोरा अनुरोध छ ।

अनुगमनमा संलग्न निकायहरू

१. जिल्ला प्रशासन कार्यालय, रामेछाप

२. घरेलु तथा साना उद्योग कार्यालय, रामेछाप

३. जिल्ला प्रहरी कार्यालय, रामेछाप

४. कृषि ज्ञान केन्द्र, रामेछाप

५. उपभोक्ता हित संरक्षण मञ्च

अनुगमन गरिएको स्थान :  – मन्थली नगरपालिका वडा नं. 1, मन्थली बजार

अनुगमन अवधि : – 2077/0५/०3 बिहान ७:०0 देखि 9:३0 सम्म

अनुगमन गरिएको पसल संख्या: – किराना/खाद्यान्न तथा सप्लायर्स 17वटा

– बेकरी १ वटा, डेरी १ वटा

– हार्डवेयर 2 वटा

– होटल 4 वटा

– तरकारी तथा फलफुल पसल १ वटा

                          – जम्मा 26 वटा

अनुगमनको क्रममा गरिएको कारवाहिको व्यहोरा

  • अनुगमनका क्रममा अनमिका स्टोर्स, मन्थलीले म्याद नाघेको/सडेगलेको तथा लेबल नखुलेको विभिन्न खाद्यान्न बिक्री गरिरहेको पार्इएकोले उक्त स्टोर्सलार्इ रू. २०,०००।- (अक्षरेपी बीस हजार रूपैयाँ) र गणेश टायर सेन्टर, मन्थलीले अनुगमन टोलीलार्इ खरिद तथा बिक्री बिल बिजक माग गरेको बखत उपलब्ध नगराएकोले उक्त टायर सेन्टरलार्इ रू. 10,000।- (अक्षरेपी दश हजार रूपैयाँ) जरिवाना गरिएको ।

अनुगमनका क्रममा देखिएको/पाइएको अन्य विवरण

  • दर्ता नगरी सञ्चालनमा ल्याएको १ वटा तरकारी पसललार्इ ७ दिनभित्र घरेलु तथा साना उद्योग कार्यालयमा गर्इ दर्ता गर्न निर्देशन दिइएको ।
  • विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्डको बारेमा व्यवसायीहरूलार्इ सचेत गरार्इएको ।
  • मूल्यवृद्धि, कालोबजारी जस्ता क्रियाकलाप नभएको तथा व्यवसायीहरूलार्इ यस्ता क्रियाकलाप नगर्न सचेत गराइएको ।
  • खाद्यान्न लगायतका सामग्रीहरू नियमितरूपमा आपूर्ति भइरहेकोले हाललार्इ बजारमा खाद्यान्नको अभाव नरहेको देखियो ।
  • अनुगमन गरिएका कुल 26 वटा पसलहरूमध्ये १4 वटा पसलहरूमा म्याद नाघेका/ग्रुजेका तथा बिना र्इजाजत बिक्रीका लागि राखिएको सामाग्रीहरू फेला परेकोले उक्त सामाग्रीहरू अनुगमन टोलीले जफत गरी जिल्ला प्रशासन कार्यालय, रामेछापमा दाखिला गरेको ।

 

अनुगमनका क्रममा म्याद नाघेको/ सडेगलेको तथा बिना इजाजत बिक्री गर्न राखिएको तपशील बमोजिमका सामाग्री बरामद गरी जिल्ला प्रशासन कार्यालयमा दाखिला गरियो ।

क्र.सं. पसल/व्यवसायको नाम बरामद गरिएको सामानहरुको विवरण कैफियत
आर.डी कोल्ड स्टोर्स एण्ड सप्लायर्स तास ६ प्याकेट बरामद
विस्कुट ८ पुरिया म्याद नाघेको
ज्वानो सानो १ प्याकेट म्याद नाघेको
स्प्राइट सानो १३ वटा म्याद नाघेको
स्प्राइट ठुलो ४ वटा म्याद नाघेको
M150 रेडबुल १ वटा म्याद नाघेको
अनमिका स्टोर्स केराउ १६ प्याकेट म्याद नाघेको
मुराइ १२ प्याकेट म्याद नाघेको
मकै १ प्याकेट म्याद नाघेको
धुलो नरिवल १ प्याकेट म्याद नाघेको
बतिसा धुलो २ प्याकेट म्याद नाघेको
ल्वाङ २ प्याकेट म्याद नाघेको
मन्थली कोशेली घर एण्ड सप्लायर्स मह ठुलो ५ बट्टा लेबल नखुलेको
मह मझौला १२ बट्टा म्याद नाघेको
मह सानो ९ बट्टा म्याद नाघेको
सूर्य कोल्ड स्टोर्स एण्ड सप्लायर्स चिजबल २४ वटा म्याद नाघेको
कार्की स्टोर्स एण्ड सप्लायर्स तास १ प्याकेट बरामद
खैनी ४ प्याकेट इजाजत नभएको
वियर ६ वटा इजाजत नभएको
एपल रक्सी १६ वटा इजाजत नभएको
गोल्डेन वाक रक्सी १७ वटा इजाजत नभएको
सफर रक्सी ३ वटा इजाजत नभएको
6 भटौली भोजनालय विस्कुट चाउचाउ २० प्याकेट म्याद नाघेको
7 लक्ष्मी स्टोर्स एण्ड सप्लायर्स तास ३ बट्टा बरामद
विस्कुट २ प्याकेट म्याद नाघेको
8 शुभलक्ष्मी हार्डवयर एण्ड सप्लायर्स Harpic१ वटा म्याद नाघेको
9 आइ.एस. स्टोर्स शिब भुजा १ प्याकेट म्याद नाघेको
अजिना मोटो ३८ प्याकेट म्याद नाघेको
विस्कुट १ प्याकेट म्याद नाघेको
अविर १० प्याकेट म्याद नाघेको
पिनट बदाम ३० प्याकेट म्याद नाघेको
10 श्रेष्ठ किराना पसल भुजा ठूलो १६ प्याकेट म्याद नाघेको
11 तामाकोशी सप्लायर्स सुखा चना १० प्याकेट म्याद नाघेको
बदाम ७ प्याकेट म्याद नाघेको
१2 नागदह भोजनालय एण्ड लज Potato curcure८ प्याकेट म्याद नाघेको
Kurkure१०० प्याकेट म्याद नाघेको
फान्टा ७ वटा म्याद नाघेको
कोक ६ वटा म्याद नाघेको
स्प्राइट ५ वटा म्याद नाघेको
लाली चाउचाउ १५ प्याकेट म्याद नाघेको
१3 उमाकुण्ड खाद्य स्टोर्स बदाम २० प्याकेट म्याद नाघेको
केराउ २० प्याकेट म्याद नाघेको
१4 एस के किराना पसल कुर्मुरे ४० प्याकेट म्याद नाघेको

 

 

प्रतिक्रिया दिनुहोस्