गोविन्द खड्काको बयान जारी, थप सात दिन म्याद थप्ने तयारी



४ भदौ, रामेछाप ।
अपहरण तथा शरीर बन्द बनाएको आरोपमा पक्राउ पर्नुभएका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कामाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

एक साता अघि पक्राउ परेका खड्कामाथि अनुसन्धान नसकिएको भन्दै थप सात दिन म्याद थप्ने तयारी प्रहरी स्राेतले बताएकाे छ । गाउँपालिकाको धोबी बजारको सडक ग्राबेल गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङले अध्यक्ष खड्काले कार्यकक्षमा ढोका थुनेर खाली चेकमा हस्ताक्षर गर्न दबाब  दिएको भन्दै अपहरण तथा शरीर बन्द बनाएकाे उजुरी  जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको थियो ।

सोही उजुरीको आधारमा प्रहरीले खडकालाई पक्राउ गरेको थियो । प्रहरी कार्यालयका अुनसार खडकामाथि प्रारम्भिक अनुसन्धान सकिएको  र अर्का आरोपी लालबहादुर तामाङलेमाथि अनुसन्धान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्