बालुवाटारमा मन्त्रिपरिषद्काे जारी, लकडाउन बारे निर्णय हुन सक्ने



४ भदौ, काठमाडौं ।
मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । कोरोना संक्रमितको संख्या दिनहुाँ बढदै गइरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको हो ।

देशभर जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरिरहेको बेला सरकारले लकडाउनको बारेमा पनि निर्णय लिन सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीले लकडाउनको बारेमा बुधवार मन्त्री र स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुभएको थियो ।

देशमा कोरोना संक्रमितको संख्या २९ हजार नाघिसकेको छ । अवस्थालाई थप भयावह बन्न नदिन सरकारले लकडाउनको बारेमा निर्णय लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्