अहिले कोरोनासँग बचौं, तीज अर्को बर्ष मनाउलाः प्रजिअ शर्मा



४ भदौ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हरितालिका तीज आफ्नो घरपरिवारसँगै मनाउन आग्रह गर्नुभएको छ । उहाँले चाँड पर्वहरुको आफ्नो मौलिकता भएपनि कोरोनाबाट सृजित समस्यासँग लडिरहेको बेला घरमै बसेर तीज मनाउन आग्रह गर्नुभएको हो ।

प्रजिअ शर्माले रामेछाप न्युजसँग भन्नुभयो,‘चाडपर्वहरु आउने जाने भइरहन्छ, यति बेला ठूलो चुनौती भनेको कोरोनाबाट बच्ने हो, तीज त अर्को बर्ष रमाईलोसँग मनाउन मिल्छ नि ।’ तीजमा क्षणिक रमाइलो गर्नतिर भन्दा पनि आफू र आफ्नो परिवारको सुरक्षित राख्नको लागि भएपनि भिडभाड नगर्न आग्रह गर्दै उहाँले तीजको अवसरमा धार्मिक मठमन्दिरमा भिडभाड नगर्न पनि अपिल गर्नुभयो ।

कोरोना महामारीका कारण विगतमा जसरी यो पर्व मनाउने अवस्था छ्रैन, । कोरोनाका कारण उत्पन्न महामारी दिनप्रतिदिन विस्तारित र जोखिमपूर्ण भइरहेको छ, त्यसैले स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्दै सतर्कताका साथ यो पर्व मनाउनु हुन सम्पूर्ण दिदीबहिनी लगायत सबैमा विशेष अनुरोध गर्दछु, प्रजिअ शर्माले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्