थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमाा संक्रमितको संख्या ३० हजार नाघ्यो



५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएको स्वाास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्