निषेधाज्ञाको पहिलो दिनः रामेछापको सदरमुकाम मन्थली सुनसान (फाेटाेफिचर)



५ भदौ, रामेछाप ।
कोरोना संक्रमितको संख्या बढदै गएपछि रामेछाप जिल्लामा समुदाय स्तरमा संक्रमण फैलिन नदिन रामेछाप जिल्लामा जारी गरेको निषेधाज्ञाको कारण सदरमुकाम मन्थली सुनसान बनेको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले घोषणा गरेको निषेधाज्ञाको कारण नागरिकहरु घरबाट बाहिर निस्किएका छैनन् । प्रशासनले बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सीमित खाद्यन्न पसल मात्र सञ्चालन गर्न दिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निषेधाज्ञा पूर्ण रुपमा पालना भएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘नागरिककहरुले निषेधाज्ञा पूर्ण रुपमा पालना गर्नुभएको छ, समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन हामीले सीमा नाकामा कडाई गरेका छौं ।’

रामेछाप जिल्लामा हालसम्म ३३ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा २७ जना स्वास्थ्य भएर घर फर्किएका छन् । रामेछापमा ३३ जना र रामेछाप स्थायी घर भएका १७ जना गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्