निषेधाज्ञालाई चुनौती दिदै तास खेल्ने दिमीपोखरीका तीन भाइ प्रहरी खोरमा 



५ भदौ, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर सरकारलाई नै चुनौती दिने गरी तास खेल्ने सुनापती गाउँपालिका–२ दिमीपोखरीका तीन भाईलाई भने प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ ।

तास खेल्ने क्रममा पक्राउ पर्नेहरुमा सुनापती गाउँपालिका–२ दिमीपोखरीका ४५ बर्षिय धनबहाादुर तामाङ, सोही वडा बस्ने बर्ष २५ को मिलन तामाङ र बर्ष ६५ का रेवती लामा रहेका छन् । तास खेल्ने स्थानबाट प्रहरीले नगद १८ हजार समेत बरामत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले पक्राउ परेका तीनै जनालाई जुवा ऐन अन्तर्गत कारवाही हुने बताउनुभयो । अनुसन्धानको लागि सात दिन म्याद थप गरेर अहिले तीनै जना हिरासतमा रहेको बताउदै कोरोनाको जोखिम बढिरहेको बेला जुवातास खेल्ने माथि प्रहरीले कडा कारवाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्