रामेछापमा फाइबर नचल्दा इन्टरनेट र टेलिफोन सेवामा समस्या



६ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा नेपाल टेलिकमको फाइबर सेवा अवरुद्ध हुँदा इन्टरनेट र टेलिफोन सेवामा समस्या आएको छ । रामेछापको सदरमुकाम मन्थलीको लिपेखोला भन्ने स्थानमा फाइबर चुडिदा जिल्लाभित्र नेपाल टेलिकमको सेवामा समस्या आएको हो । टेलिफोन नलाग्ने र फोन लागि होलेपनि कुरा नबुझिने समस्याको कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले मन्थलीको करमबोट नजिकै रहेको लिपेखोलामा फाइबरको तार चुडिदा सेवामा समस्या भएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘फाइबर सेवा अबरुद्ध हुने वित्तिकै रामेछापको भालुखोप डाँडामा रहेको माइक्रोवेभ रेडियो सेवाबाट सेवा प्रवाह हुन्छ, अवरुद्ध फाइबर मर्मत गर्ने काम भइरहेको छ, आज बेलुकीसम्म सेवा सुचारु हुन्छ ।’

रामेछाप जिल्लामा हाल खाँडीचौर–मुडे–चरिकोट–तामाकोसी–खिम्ती–मन्थली हुँदै भालुखोप टावरमा जोडिएको फाइबरबाट सेवा प्रवाह हुँदै आएको छ । बिपी राजमार्गको खुर्कोट–मन्थली–भालुखोप जोडिएको फाइबर सेवा भने सञ्चालनमा आउन सकेको छैन् । चरिकोट हुँदै आएको फाइबरमा बारम्बार समस्या आउदा जिल्लावासीले समस्या झेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्