दोरम्बा गाउँपालिकाको २ घर सिल, संक्रमितको सम्पर्कमा भएकाहरु राती गाउँ आएपछि…..



७ भदौ, रामेछाप ।
दोरम्बा गाउँपालिकाले कोरोना संक्रमितको सम्पर्कमा रहेर काठमार्डौबाट गाउँ आएका दुई घरलाई सिल गरेको छ । काठमाडौंमा आफ्नतलाई कोरोना पुष्टि भएको घरमा बसेर गाउँ फर्किएका दुई जनाको घर सिल गरको हो ।

दोरम्बा गाउँपालिका–३ टोकरपुरस्थित सिंगार्चे र वडा नम्बर २ दोरम्बाको मानेडाँडाका एक÷एक घर सिल गरेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताउनुभयो । उहाँका अनुसार आशंका गरिएका दुई जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाउने र दुई घरका परिवारलाई १५ दिन होम क्वारेन्टाइनमा बस्ने आग्रह गरेको बताउनुभयो ।

भदौ ३ गते राती दुवै जना एउटै मोटरसाइकल चढेर गाउँ पुगेका पुगेका थिए । उनीहरु दुवै जनाले आफ्नो घरपरवारसँग समेत घुलमिल गरिसकेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्