हिरासतमा रहेका गोविन्द खड्कामाथि अर्को ठगिको मुद्दा थपियो



८ भदौ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकामाथि अर्को ठगिको मुद्दा थपिएको छ । दस अघि शरीर बन्दक बनाएको उजुरीको आधारमा हिरासतमा रहेका खडकामाथि ठगीको मुद्दा थपिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले शहरी बन्दकको अभियानमा हिरासतमा रहेका खडकामाथि ठगीको मुदामा पनि पक्राउ पर्जू जारी गरेको हो । अदालतले पक्राउ गर्न प्रहरीले पुर्जी लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

स्थानीय शेरबहादुर खड्का लगायतको २१ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गर्ने भन्दै अध्यक्ष खड्काले ठगी गरेको उजुरी प्रहरीमा दर्ता भएको छ । २ करोड मूल्यमा कुरा छिनिएको उक्त जग्गा गाउँपालिकाको लागि भनेर साली नाता पर्नेको नाममा झुक्याएर पास गरेको आरोप पीडित शेरबहादुर खडकाले लगाउनुभएको छ । शेरबहादुर खडका अनुसार जग्गा बिक्री गरे वापतको रकम हालसम्म पनि नपाएपछि बाँध्य भएर उजुरी दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्