सुनापती गाउँपालिकाद्धारा सेवा बन्द गर्ने नर्णय



८ भदौ, रामेछाप ।
सम्भावित कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन सुनापती गाउँपालिकाले गाउँपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले कोरोना रोकथाम र नियन्त्रणको कामलाई थप प्रभावकारी बनाउन अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेद्धारा जारी सूचनामा भनिएको छ जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख रुद्रादेवी शर्माद्धारा जारी आदेशलाई समेत आधार बनाएर अत्यवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

उहाँले अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जानकारी गराउदै सामुहिक भेला, भेज भतेर लगायतका भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न, आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र स्वास्थ्य मापदण्ड पालना गर्न गाउँपालिकावासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्