मन्त्री ढुंगेलको पहलमा जिल्ला अस्पताल रामेछापलाई ४० लाखको गाडी



८ भदौ, रामेछाप ।
बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण र व्यवस्थापनको लागि जिल्ला अस्पताल रामेछापले गाडी उपलब्ध गराएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा सामाजिक विकास मन्त्रालयले गाडी उपलब्ध गराएको छ ।

बागमती प्रदेशबाट प्राप्त चालिस लाख रुपैयाँमा गाडी खरिद गरेर सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार अस्पतालले खरिद गरेको गाडीलाई स्वास्थ्य सामाग्री औषधी ल्याउनको लागि प्रयोग गरिएको छ ।

यसअघि जिल्ला अस्पतालसँग आवश्यक साधनको रुपमा गाडी नहुँदा निकै समस्या पर्ने गरेको बताउदै अध्यक्ष पाख्रिनले भन्नुभयो,‘मन्त्री ढुंगेलको पहलमा गाडी उपलब्ध गराएपछि चिकित्सक हिडन समेत सहज भएको छ ।’

प्रतिक्रिया दिनुहोस्